एजेन्सी / स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी घरेलु लिग ला लिगामा २०१० को दशकको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। ‘हु स्कोर्ड’ ले मेस्सीलाई २०१०–२०१९ सम्मका लागि लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो। यो ला लिगाको मात्रै मूल्यांकन हो।

बुधबार ‘हु स्कोर्ड’ ले मेस्सीलाई दशककै सर्वश्रेष्ठ खेलाडी घोषित गर्दा रियल मड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो दोस्रोमा रहे। मेस्सीले आफूभन्दा थोरै समय, कम खेले खेलेर दुई वर्षअघि नै लिग छाडेका पोर्चुगलका रोनाल्डोलाई थोरै मात्रै अन्तरमा पछि पारेका हुन्।

मेस्सी सन् २००४ देखि नै ला लिगामा खेलिरहेका छन्। उनले ला लिगाको खेलेको १६ वर्ष भइसकेको छ। तर, रोनाल्डो सन् २००९ मा रियल आएर २०१८ मै रियल छाडेर इटालियन युभेन्टस गएका थिए। समय अवधि र खेल संख्यामा हिसाबले रोनाल्डोले मेस्सीको भन्दा आधा समय र आधा खेल मात्रै खेलेका छन्।

दशककै सर्वश्रेष्ठ खेलाडी बनेका मेस्सीले सो दशकमा कूल ३६९ गोल गरे। सो क्रममा उनले १३६ असिस्ट गरे। ‘हु स्कोर्ड’ले मेस्सीलाई २०१० को दशकका लागि ८.६५ को रेटिङ दिएको छ। यता, मेस्सीभन्दा पछि परेका रोनाल्डोलाई भने ८.१८ रेटिङ दिइएको छ। २०१० को दशकमा मेस्सीले १० वर्ष नै खेले भने रोनाल्डोले जम्मा ८ वर्ष मात्रै खेले।

‘हु स्कोर्ड’ ले घोषणा गरेको नतिजा यस्तो छ :

लिओनल मेस्सी – ८.६५

क्रिस्टियानो रोनाल्डो – ८.१८

लुइस स्वारेज – ७.७४

ड्यानी आल्भेस – ७.४१

मार्सेलो – ७.३२