काठमाण्डौ / आफ्नै छोरीलाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

छोरीले बाबुविरुद्ध बलात्कार गरेको उजुरी दिएपछि काभ्रेको मण्डनदेउपुर घर भइ गोंगबु बस्दै आएका ४० वर्षका एक व्यक्तिलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो।

ज्याला मजदुरी गर्दै आएका बुबाको आमासँग राम्रो सम्बन्ध नभए पछि २२ वर्षीया छोरी पनि बाबुसँगै डेरामा बस्दै आएकी थिइन्। सोमबार आफन्तसहित आएर दिएको उजुरीमा तीनपटक बुबाले आफूमाथि करणी गरेको उल्लेख छ।

पक्राउ पर्ने व्यक्तिविरुद्ध करणीसम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत, काठमाण्डौले बुधबार ७ दिन म्याद थप गरेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो। स्वास्थ्य परीक्षण गरे पश्चात बुबाले कसूर स्वीकार्दै माफी मागेको अनुसन्धान अधिकृतहरुले बताएका छन्