काठमाण्डौ / माइक्रो ब्लगिङ साइट ट्वीटरमा पुनः प्रयोगकर्ताका डाटा चोरी भएको सार्वजनिक भएको छ। ट्वीटरमा बगमा १ करोड ७० लाख प्रयोगकर्ताका फोन नम्बरहरु लिक भएका छन्।

साइबर शोधकर्ताका अनुसार यसरी लिक भएका फोन नम्बर कतिपय ठूला राजनीतिज्ञ तथा अधिकारीहरुका पनि छन्। शोधकर्ताका अनुसार ट्वीटरको एन्ड्रोइड एपमा यस्तो बग पाइएको हो।

यस्तो बगबाट इजरायल, टर्की, इरान, ग्रीस, फ्रान्स तथा जर्मनीका प्रयोगकर्ताहरु सबैभन्दा धेरै प्रभावित भएका छन्। हालैका दिनहरुमा फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुका डाटा लिक भएका समाचार आइरहेका छन्।

फेसबुकमा समेत बगकै कारण करोडौँ प्रयोगकर्ताका डाटाहरुमा अनिधिकृत पहुँ सम्भव भएको थियो। गुगल प्ले स्टोरमा रहेका कतिपय थर्ड पार्टी एपहरुले यसरी डाटा चोरी गर्ने गरेका थिए।