काठमाण्डौ / शहीद स्मारक ए डिभिजन लिगमा मनाङले लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको खेलमा मनाङले आर्मीलाई एक–शून्य गोल अन्तरले हरायो।

दशरथ रंगशालामा भएको खेलमा मनाङको जितमा एकमात्र गोल दयानन्द सिंहले गरे। यो सिजन स्टार खेलाडीबिना नै टिम तयार पारेको मनाङले पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

खेलको ९२ औँ मिनेटमा मनाङले दयानन्दको गोलमा अग्रता बनायो। त्यसपछि आर्मी खेलमा फर्कन सकेन र पराजित भयो। जितपछि मनाङले दुई खेलमा ६ अंक बनाएको छ। लिगमा आर्मीको पहिलो हार हो। उसको २ खेलमा ३ अंक छ