कास्की / दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित भएकाे छ। 

पोखरा रंगशालामा भएकाे खेलमा खेलको १८ औं मिनेटमा नेपालले पहिलाे गोल खान पुग्यो। नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै भारतका लागि बाला देवीले  गोल गरिन्।

पहिलाे हाफमा एक गाेलले पछि परेकाे नेपालले दाेस्राे हाफकाे सुरूवातमा नै अर्काे गाेल खायाे। भारतका लागि बाला देवीले नै खेलकाे ५६औँ मिनेटमा दोस्राे गाेल गरिन्।

नेपालले भारतलाई हराउँदै सागमा ऐतिहासिक स्वर्ण पदक जित्ने याेजना बनाए पनि त्याे सफल हुन पाएन।  सागमा जहिले पनि नेपाल भारतसँग पराजित हुँदै आएको छ। यो प्रतियोगिताको लिग चरणमा पनि नेपाल भारतसँग एक-शून्यले नै पराजित भएको थियो।