काठमाण्डौ / हङकङमा सरकार विरुद्ध अहिले सम्मकै ठूलो प्रदर्शन भएको छ। प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागि भएका आयोजकले दाबी गरेको छ।

यता हङकङको प्रहरीले भने एक लाख ८३ हजार जना सभागि भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ।

प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग गरेका छन्। उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए। हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ।

प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गरेका बताएपनि प्रहरीले भने प्रदर्शन हिँसात्मक भएको टिप्पणी गरेको छ। सुपुदर्गी विधेयकको विरोधमा ६ महिनादेखि हङकङमा सुरु भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिइसके पनि रोकिएको छैन।