काठमाण्डौ / साग फुटबलमा नेपालसँग पराजित भएसँगै माल्दिभ्सका प्रशिक्षक पदबाट बर्खास्त भएका छन्। नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको खेलमा माल्दिभ्स २–१ ले हारेपछि प्रशिक्षक पिट सेगर्ट पदमुक्त भएका हुन्।

जारी प्रतियोगितामा माल्दिभ्सले ४ खेल खेल्दा २ खेलमा हार भोग्यो भने दुई खेलमा बराबरी खेल्यो। लगातार जितविहीन बनेपछि प्रशिक्षक पदबाट बर्खास्तमा परेका हुन्। पटसँगको छलफलपछि उनीसँग सम्झौता अन्त्य गर्ने विषयमा माल्दिभ्स फुटबल संघले सहमति जनाएको हो।

संघले पिटरको भविष्यको सफलताका लागि शुभकामनासमेत दिएको छ।