काठमाण्डौ / १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ। श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गोलले विजयी भएको हो।

नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन्। जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ।

महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ। अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ।