ओखलढुङ्गा / ओखलढुङ्गाकी एक किशोरी हजुरबुबाबाट बलात्कत भएपछि गर्भवती बनेकी छन्। मोलुङ गाउँपालिकाकी एक १५ वर्षीया किशोरीलाई उनकै नाताले हजुरबुवा पर्ने ५८ वर्षीय वृद्धले बलात्कार गरी गर्भवती बनाएको खुल्न आएको छ।

बुधबार वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। बालिकाका आफन्तले प्रहरीमा दिएको जाहेरीका आधारमा वृद्धलाई पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो। गत साउन महिनामा बालिकालाई वृद्धले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। घरमा कोही नभएको मौकामा वृद्धले बालिकालाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

बालिकाको पेट अस्वभाविक रुपले बढेपछि आफन्तले सोधपुछ गर्दा बालिका भर्गवती भएको खुलेसँगै वृद्धले बलात्कार गरेको घटना बाहिर आएको हो। बालिका २३ हप्ताकी गर्भवती रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ।

बालिका सुस्त मनस्थिति र कम उमेरकी भएका कारणले गर्भपतनका लागि प्रसुती गृह थापाथली रेफर गरिएको केन्द्रकी घटना व्यवस्थापक कुमारी तामाङले बताउनुभयो। बालिका जिल्लास्थित एक सुरक्षित आवास गृहको शरणमा छिन्।