काठमाण्डौ / भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ।

सोमबार गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा लण्डनस्थित भारतीय दूतावास अघि भएको प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालीहरुको सहभागिता रहेको थियो।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वान भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर, विबादित नक्सा खारेज गरलगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए।

प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए।

भारतले केही पहिलो सार्वजनिक गरेको राजनीतिक नक्साको देशसहित विश्वभर रहेका नेपालीले विरोध गर्दै आएका छन्। नेपाल सरकारले पनि लिपुलेक नेपाली भूमि रहेको भन्दै कुटनीतिक माध्यामबाट समस्याको समाधान गर्न पहल भइरहेको जनाएको छ। तर, भारतले भने नक्सामा नेपाली भूमि नसमेटिएको दावी गर्दै आएको छ।