काठमाण्डाै / नेपाली महिला भलिबल टाेली १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा शुक्रबार भएको समूह चरणको खेलमा भारतले बंगलादेशलाई तीन-शून्यको सोझो सेटमा पराजित गरेपछि नेपाली महिला टिम सेमिफाइनलमा प्रवेश गरेको हो।

लगातार २ खेलमा जित निकाल्दै भारत समूह ए बाट समूह विजेताका रूपमा अन्तिम चारमा पुगेकाे हाे भने नेपालले उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएकाे हाे। प्रतियोगितामा दुवै खेलमा हार बेहोरेको बंगलादेश भने बाहिरिएको छ।

समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई तीन-शुन्यको सोझो सेटमा हराएको थियो भने भारतसँग तीन-शून्यले नै पराजित भएको थियो। अब नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ। जसमा नेपालले श्रीलंका र माल्दिभ्समध्ये एक टिमलाई प्रतिद्वन्दी पाउनेछ।