काठमाण्डौ / जर्मनी सरकारले नयाँ कानूनमा बालबालिकालाई दादुराको खोप अनिवार्य गरेको छ। यस्तो नगर्ने आमा–बुवाले २ हजार ७ सय ५० डलर अर्थात् तीन लाख १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

मिजल्स प्रोटेक्सन एक्ट (दादुरा रोकथाम ऐन) अन्तर्गत अभिभावकले आफ्नो बच्चालाई स्कूल वा किन्डरगार्टनमा भर्ना गर्नु अघि दादुराको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने हुन्छ। दादुराबाट बच्नका लागि दुई पटक खोप लगाउनुपर्छ।

दादुरा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा हावामार्फत् फैलन्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सीएनएनसँगको कुराकानीमा स्वास्थ्यकर्मी, डेकेयर वर्कर, शिक्षक र श्रमिकले पनि यो नियम अनुसार खोप लगाउनुपर्छ। यो नियम सन् २०२० मा लागू हुँदैछ।

दादुरा दुषित सतह छुँदा पनि फैलन्छ। दादुरा आउँदा ज्वरो आउने, खोकी लाग्ने, पातलो सिँगान बग्ने, आँखा रसिलो हुने र शरीरमा रातो दाग देख्न थाल्छ। स्वास्थ्य मन्त्रालयका अनुसार जनवरीदेखि अक्टोबरबीच दादुराका ५०१ घटना सार्वजनिक भए। नयाँ कानून अनुसार आमा–बुवाले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।

९५ प्रतिशत जनसंख्यालाई खोप लगाउन आवश्यक :

मन्त्रालयका अनुसार खोप नलगाइएका बालबालिकामाथि जरिवाना लगाइनेछ। साथै, स्कूलबाट निकालिनेछ। युनिसेफका अनुसार सन् २०१८ मा संसारभरी लगभग तीन लाख ५० हजार दादुराका घटना दर्ता भएका छन्। यो आँकडा सन् २०१७ को तुलनामा दोब्बर हो। विश्व स्वास्थ्य संगठनका अनुसार ९५ प्रतिशत जनसंख्यालाई दादुराको खोप लगाउन आवश्यक छ।

इटलीमा पनि खोप अनिवार्य :

इटलीमा पनि मार्चदेखि खोप अनिवार्य गरिएको छ। प्रशासनले यदि बच्चालाई खोप लगाइएको छैन भने स्कूल नपठाउन चेतावनी दिएको थियो। यदि खोप नलगाइएका बालबालिका स्कूलमा भेटिए उनीहरुका आमा–बुवालाई ५ सय युरो (करिब ६३ हजार रुपैयाँ) जरिवाना तिर्नुपर्नेछ।