ललितपुर / बलात्कारको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा संघ र नेविसंघका दुईजना नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ।

पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयो। पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए।

दुवैजनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग थियो।