काठमाण्डौ / सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ।

यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ।

तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन।

यथोचित प्राक्कक्रिडामा संलग्न हुदाँ यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्‍याउन मद्दत गर्छ। प्राकक्रिडामा संलग्न हुदाँ एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ।