काठमाण्डौ / युवा लेखक तथा अभिनेता जीवन थापा ’क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण भक्त राईको ‘दुईटा मुटु एउटै भएको रात’ बोलको आधुनिक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो।

गीतमा स्वयम् राईकै सङ्गीत रहेको छ भने शिर कुमार सम्पाङ्ले भिडियोको सम्पादन गरेका छन्। गीतकार राज वान्तवाको छायांकन तथा निर्देशन रहेको सो भिडियोमा अभिनेता थापासहित लक्ष्मी ल्वागुन, देवाहाङ्ग राईले अभिनय गरेका छन्।

सुखकला राईको शब्द रहेको गीत उनकै युटुव च्यानलबाट सार्वजनिक भएको हो। सो भिडियो सुनसरी जिल्लाको धरान सेरोफेरोमा छायांकन गरिएको निर्देशक राज बान्तवाले बताएका छन्।

हेर्नुहोस् भिडियो :