इटहरी / १२ वर्षअघि नेपाल टेलिभिजनमा ‘को भन्दा को कम’ शीर्षकको गायन प्रतिस्पर्धा हुन्थ्यो। सो कार्यक्रममा नवलपरासीबाट भाग लिन आएकी सामान्य काली केटीले प्रथम स्थान हासिल गरेकी थिइन्, जसको खासै चर्चा भने भएन। त्यसको केही वर्षपछि गायनको यस्तै प्रतिस्पर्धा ‘नेपाली तारा’ मा भने तिनै युवती पाँचौं स्थानबाट बाहिरिँदा धेरैले उनीप्रति अन्याय भएको टिप्पणी गरेका थिए।

अहिले पाँचौं स्थानबाट बाहिरिएकी तिनै युवती इन्दिरा जोशी सर्वाधिक प्रख्यात गायिका भएकी छिन। इन्दिराको स्वर त राम्रो छ नै, उनको स्टेज परफमेन्स, नृत्य, सौन्दर्य एवं वाकपटुताको पनि उत्तिकै चर्चा हुने गरेको छ। स्टेजमा उत्रिसकेपछि दर्शकलाई सँगै नचाउन सक्ने खुबी भएकी इन्दिरा छोटो समयमै विश्वका २८ देशमा पुगिसकेकी छिन् भने नेपालका करिब–करिब सबै जिल्ला घुमेकी छिन्।

उनलाई गायनमा ग्ल्यामर मिसाउन सक्ने खुबीका कारण धेरैले रुचाएका छन्। सेक्सी फिगरका कारण चर्चामा रहने गायिका हुन् इन्दिरा जोशी। उनको स्वर जती स्टेजमा बिक्छ, त्यो भन्दा बढी सेक्सी फिगर। स्वरसँगै कम्मर मर्काउन सिपालु भएकै कारण इन्दिराको माग देश र विदेशमा पनि बढेको छ।

यी अविवाहित सुन्दरी इन्दिरा जोशी प्रेम बिबाह गर्ने बताउँछिन्। घरमा उनका ३ जना दिदीको मागी बिबाह भएकाले आफूले प्रेम बिबाह गर्ने सोच उनले बोकेकी छिन्। त्यसो भए के इन्दिराको प्रेमी छन् त, भनिन्‘यो क्षेत्रमा लागेका मानिसलाई वुझिदिने कुनै पुरुष आएका नै छैनन्। यसैले, प्रेमी पाउँन गाह्रो छ।’

इन्दिराको जीवनमा कुनै केटा नआएका भने होइनन्। उनका दाईको मिल्ने साथीले उनलाई मन पराउाथे। ब्याचलर पढ्ने समयमा इन्दिरा एक पुरुषसँग डेटमा गएकी पनि थिइन्। तर, २ महिनामै प्रेमी विदेश गएपछि प्रेममा ब्रेक लाग्यो। लायक केटाको खोजीमा रहेकी इन्दिराले उनको जीवनमा आउन चाहनेका लागि केही बिशेषताको सूची पनि फर्माएकी छिन्।

उनलाई अग्लो केटा मन पर्छ। कारण, उनी अग्लो केटासँग हातमा हात वाँधेर हिल जुत्ता लगाएर हिड्न चाहन्छिन्। प्रेम गर्ने मानिसको खोजी गर्ने यी सुन्दरी केटासँग नजिक हुन भने नसक्ने बताउँछिन्। स्कुल पढ्दा उनले कुइनाले हिर्काउने केटा खुबै कुटेकी छिन्। यो क्रम काठमाण्डौ आएपछि पनि नरोकिएको इन्दिरा भन्छिन्। एजेन्सी