यसमा खर्च हुने शक्ति निकै न्यून हुन्छ। हस्तमैथुन गर्दा यस्तै १ सय क्यालोरी प्रतिघण्टा खर्च हुन्छ अर्थात् १५ मिनेटमा २५ क्यालोरी। यो हिँड्दा खर्च हुने क्यालोरीभन्दा आधा हो।

तपाईंले आफ्नो पोषण अर्थात खानपानमा विशेष ध्यान दिनुपर्छ। त्यसैगरी सन्ताने अथवा साथीलाई यौन सुख दिन नसक्ने कुरा पनि सत्य होईन। प्राय:जसो सबैले कुनै न कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्।

woman-in-bed यसले प्रजनन क्षमतामा पनि नकारात्मक असर गर्दैन अन्यथा धेरै पुरुषहरू पिता बन्न तथा सुखद यौन जीवन बिताउनबाट बञ्चित हुने थिए। कतिपय विवाहित व्यक्तिले समेत हस्तमैथुन गर्छन् र साथीलाई पनि यौन सुख प्राप्त गर्न राम्रै सहयोग गर्छन्।

कतिपय जोडीले हस्तमैथुन गर्न एक–अर्कालाई सहयोग गर्छन्। अपवादमा केही व्यक्तिमा भने हस्तमैथुनको लत लागेको हुनसक्छ, त्यस्तो स्थितिमा भने यौन क्रियाकलापमा संलग्न नहुने अवस्था हुनसक्छ। सम्बन्धमा तिक्तता आउने भनेको यस्तै बेला हो।