काठमाण्डौ / ‘द भ्वाइस अफ नेपाल’का कोच एवं गायक प्रमोद खरेललको नयाँ गीत ‘ज्यानमाया’ बजारमा आएको छ। म्युजिक भिडियोसहित सार्वजनिक गरिएको ‘ज्यानमाया’मा अञ्जली अधिकारी प्रमोदकी ‘ज्यानमाया’ बनेकी छन्।

दसैंको पुर्वसन्ध्यामा सार्वजनिक भएको यस गीतले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ। लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो।

चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने गायक खरेल बताउँछन्। ‘ज्यानमाया’मा शब्दसँगै संगीत पनि नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन्।

ज्यानमायाको म्युजिक भिडियोमा अञ्जली अधिकारीको साथमा हिमांशु कार्की पनि देखिएका छन्। पछिल्लो समय अन्जलीको चर्चा ‘गलबन्दी’ गीतमा कारण निकै चुलिएको छ भने हिमांशु टिकटक स्टार हुन्।

म्युजिक भिडियोको अन्त्यमा स्वयं गायक प्रमोद खरेल पनि देखिएका छन्। प्रविण थापाको निर्देशनमा बनेको ‘ज्यानमाया’को भिडियोलाई, बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ।

हेर्नुहोस् भिडियो :