एजेन्सी / लण्डनमा आवाजभन्दा द्रूत गतिको ‘रकेट इन्जिन’ले उडान भर्न थालेको छ। विमानले उडान भर्न थालेपछि सन् २०३० को दशकमा लण्डनदेखि सिड्नीको हवाई यात्रा ८० प्रतिशतले कम हुनेछ।

युके अन्तरिक्ष सम्मेलन २०१९ मा युकेको अन्तरिक्ष संस्थाले ‘विश्वकै पहिलो अन्तरिक्ष पुल’ (वल्र्ड–फस्ट स्पेस ब्रिज) सम्झौतामा अस्ट्रेलियन अन्तरिक्ष संस्थासँग अझै नजिक रहेर काम गरिरहेको घोषणा गरेको छ।

द सिनर्जेटिक एयर–ब्रेथिङ रकेट इन्जिन (एसएबिआरई)ले अक्सफोर्डशीर–बेस्ड रियाक्सन इन्जिनबाट यो नयाँ व्यवसायमा सजाउन लागेको हो। सन् २००३ देखि ‘कोन्कोर्ड’ले उडान रोकिपछि आवाजभन्दा द्रूत गतिको उडान रुचाउनेहरु आवाजको अवरोधलाई लिएर खिन्नता प्रकट गर्दै आएका थिए।

रियाक्सन इन्जिनले सन् २०१९ मा आवाजको गतिभन्दा तीन गुणा गति बढाउने ‘प्रिकुलर’को सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेको थियो। त्यसको गति कोन्कोडको गतिभन्दा ५० प्रतिशत बढी हुनेछ।