काठमाण्डौ / नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गीत ‘आफू भन्दा जेठी’ सार्वजनिक भएको छ।

मनोज सिग्देलको शब्द र दीपक आर्जेको संगीत रहेको गीतमा आफूलाई मनपर्ने युवतीलाई प्रभाव पार्न युवाहरुले गर्ने संघर्षको बर्णन गरिएको छ।

गीतको भिडियोमा गीतकार सिग्देल र मोडल सम्पदा बाँनियाको अभिनय रहेको छ। भिडियोमा सियोन श्रेष्ठ र युद्ध लामाले कोरियोग्राफी गरेका हुन्।

चक्रबहादुर बरालको छायांकन, बिनोद चौधरीको सम्पादन रहेको भिडियो सोयन श्रेष्ठले निर्देशन गरेका हुन्।

हेर्नुहोस् भिडियो :