काठमाण्डौ / शिल्पा र छविको झगडाले केहीसमय नेपाली चलचित्र क्षेत्र अस्तव्यस्त नै बन्यो। जताततै उनीहरुको घरझगडा र डिभोर्सकोे कुरा आउन थालेका थिए।

यो कुरा बाहिर आएपछि छवि र शिल्पा दुवैलाई घाटा भने भएको छ। उनीहरुलाई राम्रो भन्ने दर्शकले पनि अहिले छवि र शिल्पालाई गाली दिन थालेका छन्। यसैबिच नयाँ खबर बाहिरिएको छ।

छवि र शिल्पाको डिभोर्सको कुरा बाहिर आएपछि छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध मुद्दा हालेकी थिइन्। अदालतले छवि र शिल्पालाई पक्राउ गर्ने स्वीकृति समेत दिएको थियो। तर अहिले फेरि शिल्पा छविसँगै बस्न थालेको कुरा बाहिरिएको छ।

शिल्पाले अब आफू छविसँग बस्नै नसक्ने अन्तवार्तामा बताएकी थिइन्। फेरि अहिले उनी छविसँगै बस्न थालेको कुराले दर्शक अचम्ममा परेका छन्। अब शिल्पा छविसँग बस्न थालेकी हुन् वा होइन् त्यो भने छवि र शिल्पाको आधिकारीक धारणाले बताउने छ।