काठमाण्डौ / तपाईंको मोबाइलमा ब्याट्री सकिएको छ रु या नेटवर्क नलाग्ने ठाउँमा हुनुहुन्छ रु यस्तो बेला तपाईंलाई कसैले फोन गरेको छ भने तपाईंले पछि फोन गर्नेको जानकारी थाहा पाउन सक्नुहुन्छ।

नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ भएको अवस्थामा समेत फोन आएको बारेमा जानकारी लिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ।

टेलिकमले ल्याएको मिस्ड कल अलर्ट सुविधामार्फत मोबाइल बन्द हुँदा या नेटवर्क नलाग्दा पनि फोन गर्ने सबैको जानकारी आउनेछ। टेलिकमले यो सेवा पोष्टपेड तथा प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ। यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र ब्याट्री सकिएर बन्द भएको अवस्थामा समेत कसैको फोन आएमा, एसएमएसमार्फत जानकारी पाउन सकिन्छ।

यो सेवा लिन *१४००# डायल गरेर दिएका विकल्प अनुसार sub mca लेखेर १४०० मा एसएमएस पठाउनुपर्ने टेलिकमले जनाएको छ। टेलिकमकाअनुसार यो सेवा लिन महिनाको ६ रुपैयाँ तिरे पुग्छ।