सुनसरी/ मोफसलका कलाकार बोधराज पौडेल ‘पुरुष’ हास्य गितका साथ बजारमा आएका छन्। पौडेलले हेरेको हेरै बोलको गित बजारमा ल्याएका हुन्।

इटहरीस्थित पुर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पौडेलको गित हास्य बिधाको रहेको छ। नेपाल टेलिभिजनबाट प्रसारण भएको तितोसत्य नामको हास्य टेलिसिररियलबाट अभिनय यात्रा अघि बडाएका पौडेलले पछिल्लो समय झापाबाट प्रशारण हुने हिमशिखर टेलीभिजनको हास्य टेलिचलचित्र दोबाटेमा १३९ भाग सम्म बेगारी काईलाको भुमिकामा अभिनय गरेका थिए।

बिभिन्न सट भूभिहरुमा अभिनय गरिसकेका पौडेल अहिले गीत गजल मुक्तक लेखन र गायनमा ब्यस्त रहेको बताउँछन्। गायन यात्रामा भर्खरै प्रवेश गरेका पौडेलले स्थानीय गायिका अञ्जु गौतमसँग मिलेर दुईवटा गित गाइसकेका छन्। सोहि गितको भिडियो सुटिङको तयारिमा रहेका पौडेल भिडियोलाई यथासिघ्र बजारमा ल्याउने बताउँछन्।