गोरखा / गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए।

उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको र यसैबीचमा घटना भएको प्रहरीले जनाएको छ। परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ।