एजेन्सी / महिला र पुरुषबीचको यौनसम्बन्धमा दुबैको सन्तुष्टिका लागि आदर्श समय २४ मिनेटको हुने एक अनुसन्धानले देखाएको छ।

तर अनुसन्धान भन्छ– अधिकांश यौनसम्बन्धहरुमा भने यो औषत १८ मिनेटमैं टुंगिन्छ। कतिपयमा यो भन्दा पनि कम समयमानै टुंगिने अनुसन्धानले बताएका छन्।

अनुसन्धानका अनुसार, यौनसम्बन्धमा पूर्व कामक्रिडा नहुनु र पुरुषको अंग पूर्णरुपमा तयार नहुने या शीघ्र स्खलन यसको मुख्य कारण हो। यसले गर्दा हरेक पाँचमा एकजना महिला असन्तुष्ट नै रहने गर्दछन्।

डेनिस अनुसन्धानमा ३ सय जना महिलाको यौन जीवनको अध्ययन गरिएको थियो। महिलाहरु पूर्ण उत्तेजनामा पुग्न १५ मिनेट लाग्ने उनीहरुले बताए।