ओखलढुङ्गा / १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अम्मरबहादुर राना मगर पक्राउ परेका छन्।
चिसंखुगढी गाउँपालिका वडा नं ६, भदौरेका ६५ वर्षीय मगरलाई १० वर्षीया बालिकालाई बलात्कार गरेर घरबाट भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

बुधबार दिउँसो बालिकालाई बलात्कार गरेर घरबाट भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो। घरमा कोही नभएको समयमा ती वृद्धले बालिकालाई शौचालयमा लगेर बलात्कार गरेको अभिभावकले प्रहरीलाई बताएका छन्।

बालिकाले अभिभावकलाई वृद्धले जबर्जस्ती करणी गरेको बताएपछि अभिभावकको उजुरीका आधारमा वृद्धलाई गिरफ्तार गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ। बालिकाको रुम्जाटार अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।