कञ्चनपुर / कञ्चनपुरमा आफ्नै बाबुबाट छोरी बलात्कृत भएकी छिन्। पुनर्वास नगरपालिकामा ३९ वर्षीय बाबुले आफ्नी १४ वर्षीया छोरीलाई बलात्कार गरेका हुन्।

छोरीलाई बलात्कार गरेर बनाएको भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो। मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताउनुभयो। उहाँले पशुवत व्यवहार गर्ने यस्ता व्यक्तिमाथि कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राख्नुभयो

छोरीलाई बलात्कार गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको छ। घटनापछि दुबै जनालाई मेडिकल जाँचका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको जिल्ला प्रहरी कार्याल कञ्चनपुरले जनाएको छ।