इटहरी / सुनसरी/ इटहरीको बसपार्क क्षेत्रकी ६ बर्षीया बालिकालाई यौन दुब्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीले ३२बर्षीय देवेन्द्र गौतमलाई नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका गौतमका बिषयमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपी) समिरचन्द्र खरेलले बताउनुभयो।