महजोडीलाई वसुन्धराश्री पुरस्कार

  • रासस
  • प्रकाशित मिति: बैशाख ७, २०७६

काठमाण्डौ / वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरूको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित नगद ५० हजार राशिको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरूको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार एवं हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित नगद ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved