बा !
यदि,म कुलकान्ते नभएर कतारे भएको भए...
या,
सोमते नभएर सौदी हूंदो हूँ त
कति राम्रो हुन्थ्यो होला है
त्यों आली को सयपत्री जस्तै..
ढकमक्क
म सुनै सुनकोअसर्फ़ि हुने थिएँ 
तिमि ढिका-ढिका फूटालेर
जलप ले जीवन रङ्ग्याउथ्यौ 
अभाबरहित जीवन.
तिमीले छोरोको ठाउँमा अरब जन्माका भए..
तपाई मान्दिनुस बा!
मान्दैमा के जान्छ र
मनी कल्पिन्छु
कठै! 
मन नहो गूँडूल्किदै संसार सिगार्छू
परदेश .....
म किन हुन सकिन अरब बा,?
म किन हुन सकिन अरब..
सेन्ट 
सेम्फु
सुन,सम्पति
मखमली ब्लैंकेट
बिझाएउने स्मृतिका कौसीमा
ओतिएका छन एक हरफ़
"ऋणत छिटै तिरेस है बाबै"
बा ! तिमि गलेउ हौला 
जिम्दारलाई भाका सार्दा सार्दै
कठै, 
तिम्ले छोरो मात्र पायौ
गल्ति तिम्रो थ्यो या मेरो
धन्को मोहमा तराजू 
खै-कता ढल्कियो कता..
'दुई बर्स'
मात्र दुइ बर्स मागेर 
अन्गिनत सप्नाका बिस्कुन
आमैंका आँचलमा सुकाउने मेरो प्रण
समयले नेटो नकाटे
म फिर्ने छू बा!
म फिर्ने छू!