इटहरी / "Education is the way to success in life" भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा पहिलो पाईला इटहरी शाखाले हजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

७ वटा कलेजको सहभागीता रहेको कार्यक्रममा हिसान सुनसरी अध्यक्ष मुकुन्द धिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी धिमिरेले भोलिका दिनमा यस्ता कार्यक्रममा हिसानले गर्ने सक्ने सहयोग गर्ने बताउनु भयो।

हजिरी जवाफ प्रतियोगितामा सुस्मा गोदावरी कलेजले प्रथम स्थान हासिल गर्‍यो भने कोशी कलेज दितिय तथा जनता बहुमुखी क्याम्पसले तृतीय स्थान हासिल गर्‍यो ।

कार्यक्रममा पहिलो पाईला इटहरीका अध्यक्ष दिवस शर्माले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर्ता दिदैँ जाने बताउनु भयो।त्यस्तै कार्यक्रममा पहिलो पाईला सुन्दरहरैचाका अध्यक्ष निराजन धमलाले पहिलो पाईला ईटहरीलाई भावी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

दोस्रो सत्रमा सस्थाका सचिब बिबेक अधिकारीले QUiz MASTARको भुमिका निर्वाह गर्दै सहयोगी संघ सस्थाप्रति कृतज्ञता व्याक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र हैसलाको आशामा रहेको बताउनु भयो।