मोरङ / अमेरिकामा स्थापना भएको 'इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका'ले वैशाख ८ गते पथरी शनिश्चरे नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ ।

फाउन्डेसनले नवनिर्मित पथरी शनिश्चरे स्वास्थ्यचौकीसहित नगरपालिकालाई एम्बुलेन्स र झापाको दमक नगरपालिकालाई अर्को एम्बुलेन्स उपलब्ध गराएको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारी भन्छन् “हामी नेपाली संस्कृति जोगाउन सधैं एकजुट भएर अघि बढ्नुपर्छ । हाम्रो पहिचान सधैं हाम्रो भाषा, संस्कृति र खाँचोमा परेकाहरूलाई सहयोग गर्ने हो ।

यस्तै उनका अनुसार त्यहाँ बसोबास गर्ने जनताको स्वास्थ्य सुधारमा पनि आफ्नो महत्त्वपूर्ण भूमिका खेल्दै नगरपालिकालाई सहयोग गर्ने अवसर पाउँदा अत्यन्तै खुसी भएका बताउदैं स्वास्थ्य चौकीमा आवश्यक डाक्टर र तथा नर्स सहित प्राथमिक उपचारका औषधिहरु पनि उपलब्ध गराईने छ । उनले यस फाउन्डेसनको मुख्य लक्ष्य हरेक नेपालीलाई सहयोग गर्ने रहेको बताए ।

आफू भुटानी शरणार्थी हुँदा र त्यस समयमा पाएको दु:ख र संघर्षलाई पनि सम्झिए, सानो कुराकालागी गर्नुपरेको संघर्ष अब आएर कसैले गर्नु नपरोस, उनको भनाई थियो । कार्यक्रममा कोशी प्रदेशको मुख्य मन्त्री केदार कार्कीले इन्ट्रा फाउन्डेसन र डिल्ली अधिकारीको कामलाई प्रसंसा गरेका थिए । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका संयुक्त राज्य अमेरिका र नेपाल दुबैमा दर्ता भएको संस्था हो ।

फाउन्डेसनले विश्वभर नेपाली संस्कृतिको प्रवद्र्धन गर्छ । यस फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वभर विभिन्न सेवामुलक तथा प्रचारात्मक तथा नेपालि पहिचानलाई उजागर गर्ने तवरका कार्यक्रमहरूको साथ प्रवर्द्धन गर्दछ । यसबाहेक, इन्ट्राले बालबालिका, वृद्धवृद्धा, विभिन्न अपाङ्गता भएका व्यक्तिहरू र अन्य सीमान्तकृत समूहहरूलाई आफ्ना विभिन्न परियोजनाहरूको मुख्य लक्ष्यको रूपमा मद्दत गर्दछ ।

संस्थाले नेपालभर रहेका विभिन्न शरणार्थी शिविरहरूलाई मद्दत गर्न र शिविरका बासिन्दाहरूको जीवनस्तर उकास्न काम गरिरहेको छ । फाउन्डेसनले ज्येष्ठ नागरिकको जीवनस्तर, शिक्षा, स्वच्छ खानेपानी र खेलकुद जस्ता क्षेत्रमा शिविरहरूलाई सहयोग गरिरहेको छ ।1713718982388