इटहरी / इटहरीको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले ३० औ वार्षिकोत्सव तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसर पारेर ब्रहमकुमारी राजयोग सेवा केन्द्र इटहरीले परमात्माको सेवामा सर्मपण गर्ने व्यक्तित्वहरुलाई सम्मान र आध्यात्मिक प्रवचन लगायतका कार्यक्रम गरिएको हो ।

ब्रहमकुमारी राजयोग सेवा केन्द्र कोशी प्रदेशकी मुख्य सञ्चालिका गिता दिदीको अध्यक्षता तथा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आथित्यमा भएको वार्षिकोत्सवमा  १० देखि ३० वर्ष सम्म सेवामा आफुलाई सर्मपण गर्ने १सय ३५ जनालाई सम्मान गरिएको थियोे ।

सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अथिती कोशी प्रदेश प्रमुख खापुङले सम्मान गरे । कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र कोशीकी मुख्य सञ्चालिका गिता दिदी ,आध्यात्मिक प्रवचन दिएको कार्यक्रमको संयोजक इटहरीकी मुख्य सञ्चालिका शारदा दिदीको रहेको थियो । कार्यक्रममा विभिन्न धार्मिक कथामा आधरित गजल , कविता र नृत्यहरू प्रस्तुत गरिएको थियो

कोशी प्रदेश सभा सदस्यद्धय रेवती रमण भण्डारी , रोहितवहादुर कार्की ,कोशी प्रदेश सभा सदस्य रोहित बहादुर कार्की ,नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का भट्टराई , ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धनकुटाकी सञ्चालिका  निर्मला दिदी , सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक सरोज पौडेल लगायतकाको सहभागिता रहेको थियोे ।