पेट दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन 11, 2077

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ। पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि। घरमै उपलब्ध हुने औषधीहरुबाट हामी यस्ता रोगहरुलाई भगाउन सक्छौँ।

घरेलु उपचार

- हर्रोलाई घ्यूमा भुटी त्यसलाई पिसेर धुलो बनाउनुहोस् । हर्रोको धूलो २ ग्राम तातो पानीमा मिलाई सेवन गर्नाले पेटमा भएको ग्यास बाहिर निकाली पेट दुखाई निको गराउँदछ।

- १ चम्चा जिरा पिसेर त्यसलाई चिनी वा मिश्रीमा मिलाई खानाले पेट रोग निको हुन्छ।

- साँफ र सेतो नुन बराबर मात्रामा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ।

- दुई चम्चा मुलाको रसमा ३/४ दाना कालो मरिच पिसेर मिलाउनुहोस् र फेरि यसमा एक चिम्टी नुन मिलाई सेवन गर्नुहोस् जसले पेटको दुखाइलाई आरमपूर्वक मेटाइदिन्छ।

- थोरै हिङ नाइटोको वरिपरि लगाउनाले पनि पेट रोग निको हुन्छ।

- पोको जामुनको ३/४ चम्चा रस सेवन गर्नाले पेट रोग निको हुन्छ।

- एक चम्चा अजवायन, एक चिम्टी हिङ पाउडर र दुई चिम्टी कालो नुन तातोपानीमा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ।

- ४/५ वटा अम्बाका पातहरु पानीमा मिलाई पिसेर सेवन गर्नाले पेट रोग निको हुन्छ।

-मेरो डाक्टर’ पुस्तकबाट


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved