धनुषा / परपुरुषसँग मिलेर श्रीमतीले ढुंगा प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। धनुषा शहीद नगरपालिका ३ यदुकोहाका ५५ वर्षीय राजकिशोर मण्डलको सुतेकै ठाउँमा ढुंगा प्रहार गरि हत्या भएको हो।

आफ्नो फुसको घरमा सुतिरहेका बेला बुधबार विहान मृत भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। अनुहारमा ढुंगा प्रहार भएकोले हत्या जस्तै शंकास्पद देखिएको उहाँको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा कान्छी श्रीमती र उनका प्रेमीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनकी कान्छी श्रीमतीको गाउँकै एक युवकसँग अवैध सम्बन्ध रहेको शंका गरिएकाले ती दुवैजनाले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।