दशैँ जस्तै दशैँ पनि आउँन छोडेको धेरै भो
मनमा छुट्टै उमङ्ग छाउँन छोडेको धेरै भो

हेर्छु उदास छन चिचिला खुशी हराएको छ
नाना,चिची अनि चाचा पाउँन छोडेको धेरै भो 

अलिकति अष्टमि पैँचो दिनुहुन्छ कि मुखिया 
मेरो झुपडिमा देबि धाउँन छोडेको धेरै भो 

भोको पेट सकिँन रेट्न मिठो धुन सारङ्गीको
आराधनामा मालश्री गाउँन छोडेको धेरै भो 

अभाब भित्रै पिल्सिन बाध्य बनायो नियतिले 
अक्षता यि निधारमा लाउँन छोडेको धेरै भो

-बसन्त बिनोद