साना साना पाउमा छमछम
पाउजु लगाई, ओठमा हाँसो,
हातमा कपीकलम समाई,
साथीसँगीसँग मिलेर
जाँदै पाठशाला तिर,
लक्ष्य ठूलो सपना
आमाबा का लिएर

अन्तिम घण्टी बजेर बिदा जब भयो,
भोको पेट,
उत्सुकता मनमा,
बोकी आश्रयतिर उ लाग्यो।
संगीहरुसँग फर्किदै घर
ओठमा मुस्कान लिई,
गुनगुनाउदै गित,
साट्दै दैनिक भाव केही।
बिदा माग्दै सँगीसँग
लम्किए निवास आफ्नो अनि।

बीच बाटोमै “ओइ कान्छी” भनि सुनि पुकार,
फर्कि हेर्दा प्रहरी बा रहेछन्
समिप आइ गरे अंकमाल।
“खाजा खान हिड कान्छी”
भनि लगाए गुहार,
भोकाएकी उनि खुसी हुँदै
गए प्रहरी बाका साथ।
बहानमा चढाई उनलाई लगे
पिपासुले उनको घर,
मिष्ठान्न भोजन दिन्छु भनि
गर्न थाले छुवापात।
गिद्दे नजरले उसको अंग
स्पर्ष गर्दा लाग्थ्यो डर,
मिठा बोली बोली हत्केलाले छुन्थे
उनका सबै अंग।

“नछुनु मलाइ” भनि
उसले आवाज जब लाउदा,
पिट्न थाले पेटिले उसलाई,
हातपाउ बाधि डोरीले कडा।
ओठमा उसको हात राखी पछारे
भुईमा लम्पसार,
कपडा उसको च्यातीदिए,
निसाहय उ भिख माग्दै ज्यानको,
सुनेनन् कसैले,
अश्रुमा डुबेका मौनगुहार
उनका नयनको।

सम्झिदै थिए आमाबालाई पुकार्दै मनमा
दैबको साहारा,
भक्षकले यौन शिकार
गरी रक्ताम्य उसलाई,
फ्याली दिए शरिर नहरमा,
अबोध पिडित उ बन्नबाध्य लाश।

पढ्ने खेल्ने त्यो कलिलो बालापनमा उनि,
कुदृष्टी र कुमतिको शिकार बन्न पुगी,
आमाबाका सपना अपूरा बनाई,
चिहानको च्यादर ओड्नपरी।
रक्षक नै भक्षकबनि अझै हिड्छन् खुलेआम,
खोक्रो नियम र कानुनको बिगुल फूकी,
सारा पुरुषजातको गरी बद्नाम।
नारी मात्र बलात्कार र हेलाको पात्र,
ज्यान यौन आलिङ्गनको लागि गुमाउने साधन,
बच्चा होस् या बृद्दा छाडेनन् कसैलाई,
मेट्नलाई पिपासुले आफ्नो यौन प्यास।

-शोभाना लामा
इटहरी