काठमाण्डौ / लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन्। तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ।

गुरुङकी छोरी सोनीकाले सोमबार गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई पक्राउ गरिएको एसपी विनोद सिलवालले जानकारी दिनुभयो। गायक कटुवालविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको बताइएको छ।

गुरुङमाथि शनिबार साँझ केही अपपरिचित युवकहरुको समूहले आक्रमण गरेका थिए। सो आक्रमण गायक कट्वालको योजनामा भएको आरोप सोनिकाले लगाएकी छिन्।