काठमाण्डौ / नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुईजना नेपाली महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय मिडिया द हिन्दूको अनलाइन संस्करणले लेखेको छ।

समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन। उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए।

उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ।