काठमाण्डाै / सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यो मूल्य अहिलेसम्मकै महँगो हो।

मङ्गलबार ताेलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो।

यस्तै चाँदी पनि बुधबार ताेलामा २० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ।

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन्।