एजेन्सी / मानव अस्तित्व जोगाउनको लागि महिला र पुरुषबीच मिलन हुनु नितान्त आवश्यक छ। तर विभिन्न शास्त्रहरुका अनुसार कुनै कुनै दिन महिला र पुरुषबीचको शारीरिक मिलन हुनु अशुभ मानिन्छ।

ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री-पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ।

यसमा स्‍त्री-पुरुष म‌िलनका लागि कैयौं दिन अशुभ भनेर उल्लेख गरिएको छ। यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन। यी दिनमा हुने शारीरिक मिलनले भविष्यमा नकारात्मक फल दिने वा अशुभ हुने उक्त पुराणमा उल्लेख छ।

ब्रह्मवैवर्त पुराणको अनुसार यी ७ दिन स्त्री-पुरुष मिलन अशुभ?

१. औंशीको दिनमा जोडीहरुको मिलन हुनु अशुभ मानिन्छ। औंशीको दिनमा शारिरक सम्बन्ध नभएको राम्रो हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ।

२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्धलाई नराम्रो मानिएको छ।

३. संक्रान्तिमा पनि जोडीहरुबीच शारीरिक मिलन अशुभ मानिएको छ। संक्रान्तिको दिनमा पतिपत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम ब्रह्मवैवर्त पुराण भन्छ।

४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ। यी दिनमा शारीरिक सम्बन्ध नराख्नु राम्रो हुन्छ।

५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ रहेको उल्लेख छ।

६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ।

७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषेध छ।