इटहरी / इटहरीमा बुधबार गायक कमल खत्रि प्रस्तुतीका लागि इटहरी आउने भएका छन्। इटहरीमा रहेको पाथिभरा जब लिंक प्रालि र स्टोरी अफ योगं हर्टको सयुक्त सहकार्यमा आयोजित कार्यक्रममा गायक खत्रि इटहरी आउने भएका हुन।

खत्रिले इटहरीमा आएर झण्डै ३ घण्टासम्म आफ्नो स्टोरीसंगै गायन समेत प्रस्तुत गर्ने स्टोरी अफ योगं हर्टका निर्देषक सुजन घिमिरेले बताउनुभयो। सो अवघिमा कार्यक्रमको हलमा उपस्थित भएकाहरुले खत्रिलाई बिभिन्न प्रकारका प्रश्नउत्तर समेत राख्न पाउनेछन्।

इटहरीको बगान रेष्टुुरेन्टमा आयोजना हुने सो कार्यक्रममा गायक खत्रीले आफ्नो लब स्टोरीसंगै कथा सुुनाउँनेछन्। साथै उनले आफ्नो गीत पनि प्रस्तूत गर्ने बताइएको छ। सफलतातर्फ लम्किरहेका ब्यक्तिहरुको आफनो कथा एवं संघर्षका कथा सुनाउनका लागि अत्यन्तै उत्कृष्ठ सस्थाका रुपमा रहेको स्टोरी अफ योगं हर्टमा यसअघि पनि राष्ट्रिय कलाकार एवं ब्यावसायिहरुले आफनो प्रस्तुति गरिसकेका छन्।

अघिल्लो हप्ताको कार्यक्रममा कलाकार लक्ष्मि गिरी समेत इटहरी आएर आफ्नो संघर्ष एवं कलाकारिताका बिषयमा प्रस्तुती दिएकी थिइन। आगामि दिनहरुमा समेत अझै सफल ब्याक्तित्वहरुलाई कार्यक्रममा ल्याएर युवाहरुमाझ प्रस्तति गराइ उत्प्रेरणात्मक कार्यक्रमहरु आयोजना गर्ने उदेश्य रहेको निर्देषक घिमिरेको भनाइ छ।