मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका १० स्थितमा प्लम्बर काम गर्ने क्रममा बन्दै गरेको २ तले नया घर को छतबाट लडेर श्यामकुमार रिजालको ज्यान गएको छ।

शुक्रबार दिउँसो साढे ३ बजे छिमेकी नर्सिङ लिम्बुको घरमा प्लम्बरको काम गर्न गएका ४५ बर्षीय रिजाल लडेर घाईते भएपछी उपचारको क्रममा धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा साढे ४ बजे ज्यान गएको हो।

घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली खटि कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान गरिरहेको छ।