इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानमा पकड जमाइराख्दा लेस्टर सिटी पनि दोस्रो स्थानमा यथावत छ।

एभर्टनलाई ५–२ ले हराउँदै लिभरपुलले १५औँ चरणको खेल सकिँदा आठ अंकको अग्रता लिएको छ। लेस्टर सिटीले पनि रेलिगेसन जोनको वाट्फोडएलाई २–० ले हराउँदै दोस्रो स्थानका लागि तीन अंकको अग्रता लिएको छ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई हराउँदै डिभोक ओरिगीले दुई गोल गरे भने जेर्दन शाकिरी, साडियो माने, जर्जिनियो विनाल्डमले एक–एक गोल गरेका थिए।

ओरिगीले छैटौँ र ३१ औँ मिनेटमा गोल गरेका थिए भने शाकिरीले १७ औँ मिनेटमा र मानेले ४५औँ मिनेटमा गोल गरेका थिए।

विनाल्डमले ९० मिनेटमा गोल गरेका थिए।

पहिलो हाफमै ६ गोल भएको खेलको २१औं मिनेटमा माइकल किन र इन्ज्युरी समयमा रिचार्डलिसनले गोल गर्दा लिभरपुलले ४–२ को अग्रता लिएको थियो।

जितसँगै लिभरपुलले ४३ अंक बनाएको छ भने एभर्टनमाथि रेलिगेसनको दबाब बढेको छ।

लेस्टरले वाट्फोर्डलाई हराउँदा जेमी भार्डीले ५५ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। अर्को गोल दोस्रो गोल जेम्स म्याडिसनले इन्ज्युरी समयमा गरेका थिए।