केराबारी/ गायक आनन्द कार्कीले आफ्नो प्रस्तुतिमार्फत केराबारीबासीलाई आनन्दित तुल्याएका छन्। कार्कीले मंगलबार साँझ मोरङको केराबारीमा जारी ‘केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयर’को दोश्रो दिन आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई आनन्दित तुल्याएका हुन्। IMG_5490

कार्कीले लाग्छ मन हेरिरहुँ एकनास तिमिलाई....., भरे आउँछु सपनिमा पर्खिराख है परेलिको ढोका खोलि कुरि राख है....., मोहन लाग्ला है..... नयाँ गित कस्तो होला हाम्रो माया.....लगायतका करिव १ दर्जन गित गाउँदै केराबारीबासीलाई मनोरञ्जन प्रदान गरेका थिए। IMG_5495

आज बुधबार भने गायिका टिका प्रसाँईको प्रस्तुती रहने आयोजक समितिका संयोजक रुद्रबहादुर खत्रिले बताउनुभयो। केराबारी गाउँपालिकाको मुख्य चोक मच्छिन्द्र चोकको पूर्वपट्टि जारी ‘केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयर’भर केराबारीका पर्यटकीय क्षेत्रहरुको प्रवर्धन गर्न प्याराग्लाईडिङ, साईक्लिङ, हाईकिङ,फोटो तथा चित्रकला कार्यशाला गरिने आयोजकले जनाएको छ। IMG_5482

फेयरमा स्थानीय जातजातीका खानाका परिकार एवं जातीय नृत्य प्रस्तुत गरिने आयोजक समितिका अध्यक्ष रुद्रबहादुर खत्रीले बताउनुभयो। IMG_5454 IMG_5463

यो पनि पढ्नुहोस

‘केराबारी फुड एण्ड म्युजिकल फेस्टिवल तथा टुरिजम फेयर’ शुरु