काठमाण्डौ / दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानविरुद्ध चार-शून्यको जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलको पाँचौ मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलमार्फत नेपालले अग्रता बनायो।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा अरु तीन गोल थप्यो। नेपालका लागि कप्तान सुजलले फेरि गोल गरे भने अभिशेक रिजाल र मिक्चेन तामाङले एक एक गोल थपे।

खेलको ६६ औंँ मिनेटमा सुजलले अनन्त तामाङको पासको सदुपयोग गर्दै गोल गरे। त्यसपछ ७० औंँ मिनेटमा नेपालले चौथो गोल गर्यो। यसपटक मिक्चेन तामाङले फ्रिकिकमा उत्कृष्ट गोल गर्न सफल भए। जसका कारण नेपालले प्रभावशाली जित निकाल्दै तीन अंक जोड्यो।