एजेन्सी / चार वर्षीय बालिकालाई बलात्कार प्रयास गर्ने ३५ वर्षीय जवाहर वैद्यलाई निवस्त्र गाउँ घुमाइएको छ।

जवाहर वैद्य वैद्य नाम गरेका ति युवकले घरमा बसिरहेकी ४ बर्षीय बालिका माथि बलात्कार गर्न खोजेको आरोपमा स्थानीय मानिसहरूले हातमा डोरीले बाँधेर निवस्त्र सडकमा घुमाएको बताइएको छ।

यो घटना भारतको महाराष्ट्रस्थित नागपुरको हो। ति युवा सहकारी सामाजिक बैंकमा दैनिक रकम संकलन गर्ने काम गर्थे। त्यसैक्रममा उनी बालिकाको घरमा पनि पुगेका थिए। ती बालिकालई एक्लै देखेपछि उनले बलात्कार प्रयास गरेका थिए।

बालिकाकी आमा अचानक घरमा आएपछि यो घटना बाहिर आएको हो।