काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ।

सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ।

श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ। नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन।

समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो।

शनिबार नै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन्।