काठमाण्डौ / अमेरिकाको सिकागोमा एक भारतीय युवतीको यौनदुर्व्यवहारपछि घाँटी थिचेर हत्या गरिएको छ। जर्ज युनिभर्सिटी अफ इलिनोइसमा अध्ययनरत भारतको हैदरावादकी १९ वर्षीया रूथको हत्या भएको हो।

शुक्रबार एक युवाले क्याम्पसदेखि रूथलाई पछ्याउँदै आएको सिसिटिभी फुटेजमा देखिएको छ। रूथको शव शनिबार विश्वविद्यालय नजिकै एक कारको पछाडिको सिटमा भेटिएको थियो। अस्पतालमा शव परीक्षण गर्दा उनको घाँटी थिचेर हत्या भएको पुष्टी भएको छ।

प्रहरीले रूथको हत्या अभियोगमा आइतबार २६ वर्षीय डोनाल्ड थरम्यानलाई पक्राउ गरेको छ। अभियुक्तले आरोप स्वीकारिसकेको प्रहरीले जनाएको छ। थरम्यान सोही विश्वविद्यालयका विद्यार्थी भने होइनन्।