एजेन्सी / बलिउडमा सधैंभरि उही चार्म र डिमाण्ड नरहनेबारे अभिनेत्रीहरु प्रष्ट रहेका छन्। समय छँदै साइड बिजनेशलाई पनि उत्तिकै महत्वमा राखेर बलिउड अभिनेत्रीहरु भविष्य सुरक्षित गर्न गम्भिर रहेका छन्।

डिभोर्स हुँदा समेत केही अभिनेत्रीहरुको कमाइ करोडौँमा रहेको छ। उनीहरुको साइड बिजनेश विश्वमै चर्चीत पनि रहेका छन्।

माधुरी दीक्षित : बलिउडमा पछिल्लो समय क्यामियो रोलमा देखिने अभिनेत्री हुन् माधुरी। तर, उनको साइड बिजनेश धेरै रहेका छन्। चलचित्र नभएपनि उनलाई फुर्सद भने छैन। अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउँदै आएकी माधुरीको आम्दानीका स्रोतहरु धेरै रहेका छन्। उनी विभिन्न ब्राण्डको प्रोमोशन पनि गर्दै आइरहेकी छिन्।

शिल्पा शेट्टी : बलिउडमा करिअर अस्ताउँदै गएपछि उनले व्यापारी राजकुन्द्रासँग विवाह गरिन्। आफुलाई व्यस्त राख्न खोजिरहने उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरेकी थिइन्। शिल्पाको मुम्बईमा आयोसिस स्पा पार्लर र क्लव पनि रहेको छ। उनी योग गुरु पनि हुन्।

प्रियंका चोपडा : बलिउड तथा हलिउडमा चर्चामा रहेकी अभिनेत्री हुन् प्रियंका चोपडा। उनको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ।

अनुष्का शर्मा : उनको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ।

प्रिति जिन्टा : बलिउडबाट लामो समयदेखि गायब भएकी अभिनेत्री हुन् प्रिति जिंटा। उनको किंग्स एलेभेन पंजावकी ओनर हुन्। उनले पिजेडएनजेड मिडिया नामक प्रोडक्सन हाउस पनि लन्च गरेकी छिन्।

सुस्मिता सेन : उनले मुम्बईमा ‘बंगाली माशि किचन ‘नामक विजनेश चलाएर भने धमाकेदार आम्दानी गरिरहेकी छिन्। ‘तन्त्रा इन्टरटेनमेन्ट ‘नामक प्रोडक्सन हाउस समेत चलाउदै आएकी उनी विभिन्न ब्राण्डका प्रोमोशनमा पनि उत्तिकै व्यस्त रहेकी छिन्।

करिष्मा कपुर : करिष्माले वेवीओए नामक अनलाईन स्टोरमा लगानी गरेकी छिन्।